• Monday 27th of July 2026

नेप्सेमा उच्च अङ्कको गिरावट, दुई कम्पनीको शेयरमा सर्किट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर दुई हजार ५२१.६५ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.८५ अङ्कले ओरालो लागी ४७१.८९ मा ओर्लेको छ । कूल २३८ कम्पनीको एक करोड दुई लाख ९२ हजार २२६ कित्ता शेयर रु पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ २७.११, व्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३, विकास बैंक १७३.५६, जलविद्युत् १०८.५५, वित्त ७०.६१, निर्जीवन बीमा ६१८.४४,उत्पादन ११६.६१, अन्य ९३.३, लघुवित्त ११९.२, जीवन बीमा २९०.७२, सामूहिक लगानी कोष ०.०१ र लगानी ३.०३ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड ६० लाख ९९ हजार २०२ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु २६ करोड ३७ लाख १२ हजार ८८१, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ९७ लाख ९७ हजार ९१३, हिमालयन डिस्टिलरी रु २१ करोड ४१ लाख १९ हजार ३०१ र महालक्ष्मी विकास बैंक रु १८ करोड ३५ लाख ६५ हजार २०२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । समालिङ पावर ५.९२, सानिमा लार्ज क्याप फण्ड ३.७५ र मेगा बैंकका शेयरधनीले २.७० प्रतिशतले कमाए । जोशी हाइड्रोपावर ८.५४, घलेम्दी हाइड्रोपावर ८.२१, सानिमा जनरल इन्स्योरेन्स ७.१७, जानकी फाइनान्स ७.१७ र गुडविल फाइनान्सका लगानीकर्ताले ६.९७ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३२ करोड ५१ लाख ७७ हजार ८३५ बराबर पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology