• Tuesday 28th of July 2026

कालीकोट अस्पतालको आम्दानी बढ्यो


  • गोकर्णेश्वर अनलाइन

जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो ।

विद्युतीय विलिङ प्रणाली सुरु गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृिद्ध भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा अस्पतालको आन्तरिक आम्दानी रु नौ लाख दुई हजार थियो ।

“अस्पताल विकास समितिले सञ्चालन गरेको औषधि पसल, बिरामीबाट लिने सामान्य सेवा र केही भेिन्टलेटर खरिद गर्दा बचेको स्रोतलाई जम्मा गर्दा आन्तरिक स्रोत बढेको हो ।” उहाँले भन्नुभयो,“चालू आर्थिक वर्षमा थप वृद्धि हुने लक्ष्य राखेका छौं ।”

यसभन्दा अघि अस्पतालको आन्तरिक स्रोत हुने आयलाई ऋण सापटी लिने दिने, औषधि खरिद गर्दा खासै चासो नदिने, बिलिङ गतिलो नभएका कारणले विगतमा अस्पतालको आन्तरिक स्रोत नभएको र अहिले विद्युतीय प्रणाली लागू गर्दा सबै क्षेत्रमा सुधार भएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताउनुभयो । अधिकृत महतले कालीकोटको स्वास्थ अवस्था र समुदायमा स्वास्थसम्बन्धी चेतना अभिवृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology