• Monday 27th of July 2026

नेप्सेमा झिनो सुधार


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर दुई हजार ७७९.९८ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अङ्कले बढेर ५१८.७२ मा पुगेको छ ।

नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर रु तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बीमा १.३२, सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

यस्तै जलविद्युत् ५.५२, वित्त १४.६५, निर्जीवन बीमा १३३.८३, उत्पादन २८.७२, अन्य १७.९२, लघुवित्त ५.३१ र लगानी ०.४७ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड दुई लाख ६९७ बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ४७ लाख २३ हजार ७३०, अपि पावर कम्पनी रु ११ करोड १७ लाख ८१ हजार ९४८, शिखर इन्स्योरेन्स रु १० करोड ९९ लाख ३४ हजार २७१ र आइएमई जनरल इन्स्योरेन्स रु नौ करोड २५ लाख ९४ हजार ७३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रङोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । यस्तै सिइडिबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ७.१६ प्रतिशतले कमाए ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ४.१४, युनाइटेड इदी मर्दी हाइड्रोपावर ३.९०, नबिल इक्विटी फण्ड २.९६, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.७६ र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology