• Monday 27th of July 2026

आगलागीबाट साढे आठ करोडको क्षति


  • गोकर्णेश्वर अनलाइन

झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको प्रवक्ता पाठकले बताउनुभयो । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उल्लेख्य सहयोग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology