• Monday 27th of July 2026

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे


  • गोकर्णेश्वर अनलाइन

२१ माघ (रासस÷सिन्ह्वा) : दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् ।
कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ ।

गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ । गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरु अनलाईनबाटै खरिद गरेका छन् ।
यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले कोभिडका कारण नै नागरिकहरु बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology