• Monday 27th of July 2026

लिवाङबजारमा राखिएका सिसीटिभी प्रयोगविहीन


  • गोकर्णेश्वर अनलाइन

रोल्पा नगरपालिका र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सिसीटिभी बिग्रिएर प्रयोगविहीन भएका छन् । विसं २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए ।

सिसीटिभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । प्रहरी निरीक्षक सन्तोष केसीले भन्नुभयो, “सिसीटिभी चालु नभएपछि प्रहरीको थप कार्यभार थपिएको छ, प्रविधिले प्रहरीको कामलाई पनि सहज बनाएकाले सिसीटिभी शान्ति सुरक्षाका लागि अत्यावश्यक हुन्छ ।”वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले भन्नुभयो,“जडान गरिएका सिसिटिभीको रेखदेख, मर्मतसम्भार तथा निरन्तरता दिने जिम्मा स्थानीय सरकारको हो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology