• Monday 27th of July 2026

टिपरको ठक्करले बालिकाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

चाँगुनारायण नगरपालिका–८ सुडाल रानीबारीमा आज सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नं को टिपरको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।

टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका–२ घर भई हाल सुडालस्थित इँट्टाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी विनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

ठक्करबाट घाइते बालिकाको ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचारपछि मध्यपुर अस्पताल थिमिमा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालक भक्तपुर नगरपालिका–८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मा र टिपरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology