• Monday 27th of July 2026

नेप्सेमा उच्च अङ्कको गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३दशमलव दशमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सटिभ परिसूचक चार दशमलव ९९ अङ्कले घटेर ५१३ दशमलव ६४ मा पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयरलगानीका सम्बन्धमा कडा व्यवस्था गरेपछि त्यसको असर शेयर बजारमा देखिएको हो ।

कूल २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर रु चार अर्ब आठ करोड ६४ लाख ७४ हजार ८२८ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर नौ दशमलव ७३ अङ्कले उकालो लाग्दा बैंकिङ २५दशमलव ७५, व्यापार ५६ दशमलव ६७, होटल तथा पर्यटन ४३ दशमलव ७२, विकास बैंक ९१ दशमलव १५, जलविद्युत् ३१ दशमलव ८६, वित्त ४६ दशमलव ८२, निर्जीवन बीमा २८ दशमलव ७५, उत्पादन १६२ दशमलव आठ, लघुवित्त ६६ दशमलव २५, जीवन बीमा ३६७ दशमलव ११, सामूहिक लगानी कोष ०दशमलव १८ र लगानी एक दशमलव ७२ अङ्कले ओरालो लागेको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब १४ अर्ब ४८ करोड ६५ लाख ८० हजार ६१९ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५९ करोड दुई लाख २३ हजार ४५० बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरण रु १९ करोड दुई लाख ९६ हजार १५०, अरुण भ्याली हाइड्रोपावर रु १७ करोड १२ लाख ६७ हजार ९०१, अपि पावर कम्पनी रु १६ करोड ५९ लाख २२ हजार ८३५ र हिमालयन डिष्टिलरीको रु १५ करोड ३८ लाख ७९ हजार ८४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर आठ दशमलव ६४, सामलिङ पावर छ दशमलव ५५, नेपाल फाइनान्स चार दशमलव १८ र जीवन विकास लघुवित्तका लगानीकर्ताले तीन दशमलव४९ प्रतिशतले कमाए । यसैगरी नारायणी डेभलपमेन्ट बैंक चार दशमलव ७४, युनाइटेड इन्स्योरेन्स चार दशमलव ६३, रुरु जलविद्युत् परियोजना चार दशमलव २३, प्रिमियर इन्स्योरेन्स चार दशमलव ०३ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले तीन दशमलव ८६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology