• Monday 27th of July 2026

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अङ्कले बढेर ५२३.१५ मा पुगेको छ ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेको छैन । कूल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर रु तीन अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ । उत्पादन १८.७१ र लगानी ०.१५ अङ्कले घटेको छ ।

यस्तै, बैंकिङ ८.३२, व्यापार १३.६४, होटल तथा पर्यटन ४.७५, विकास बैंक ७०.०५, जलविद्युत् २७.५६, वित्त ४३.९१, निर्जीवन बीमा १२८.०२, अन्य ४६.९२, लघुवित्त १५.८१, जीवन बीमा ७.०८, सामूहिक लगानी कोष ०.०६ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७५ अर्ब १४ करोड १९ लाख ३८ हजार १९५ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ४९ लाख ६७ हजार ४२१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ७८ लाख १९ हजार ६४९, जीवन विकास लघुवित्त रु ११ करोड २२ लाख ६२ हजार ५२८, हिमालयन डिस्टिलरी रु १० करोड ४१ लाख ८८ हजार ५०६ र आइसिएफसी फाइनान्स रु १० करोड २९ लाख ३३ हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले पनि ९.९९ प्रतिशतले कमाए । सामलिङ पावर कम्पनी ८.५२, तेह्रथुम पावर कम्पनी ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाए । त्यस्तै, सिभिल लघुवित्त १.९६, नेपाल हाइड्रो डेभलपर्स १.९६, मेगा म्युचुअल फन्ड १.९३, प्राइम लाइफ इन्सुरेन्स १.८८ र समिट लघुवित्तका लगानीकर्ताले १.७१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology