• Sunday 26th of July 2026

बाइडेनद्वारा युक्रेन आक्रमणको निन्दा


  • गोकर्णेश्वर अनलाइन

युक्रेनमा रुसको “उत्तेजना र अनुचित आक्रमण” को निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वनियोजित युद्धले जीवन र मानवीय क्षति निम्त्याउने बताउँनु भएको छ।
“सारा संसारको प्रार्थना युक्रेनका जनताको पक्षमा छ । युक्रेनका रुसी सैन्य बलहरूद्वारा अव्यावहारिक र अनुचित आक्रमणको सामना गर्नुपरेको छ। राष्ट्रपति पुटिनले एक पूर्वनियोजित युद्ध रोजेका छन् जसले विनाश ल्याउनेछ।” बाइडेनले भन्नुभएको छ ।
राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्ध छनोट गरेका छन् जसले विनाशकारी मानवीय क्षति र मानवीय पीडा ल्याउनेछ,’ ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा बाइडेनले भन्नुभएको छ,’ संयुक्त राज्य अमेरिका र यसका सहयोगी र साझेदारहरूले एकजुट र निर्णायक ढङ्गले जवाफ दिने पनि बाइडेनको टिप्पणी छ। यस आक्रमणले ल्याउने मृत्यु र विनाशको लागि रुस मात्र जिम्मेवार छ र विश्वले रुसलाई जवाफदेही बनाउनेछ, उहाँले भन्नुभयो। अमेरिकी राष्ट्रपतिले अहिले ह्वाइट हाउसबाटै स्थितिको अनुगमन गर्ने र बिहान आफ्ना जी-७ समकक्षीहरूसँग भेट गर्ने जानकारी पनि दिनुभएको छ ।
“भोलि बिहान मेरा जी-७ समकक्षीहरूसँग भेट गर्नेछु र त्यसपछि युक्रेन र विश्वव्यापी शान्ति र सुरक्षा विरुद्धको यो अनावश्यक आक्रमणको लागि संयुक्त राज्य अमेरिका र हाम्रा सहयोगी र साझेदारहरूले यस विषयमा उचित निर्णय लिन एकजुट हुनेछौं।”
राष्ट्रपति बाइडेनले अमेरिकाले आफ्ना नाटो सहयोगीहरूसँग पनि गठबन्धन विरुद्ध कुनै पनि आक्रमणलाई रोक्न बलियो एकजुट प्रतिक्रिया सुनिश्चित गर्न समन्वय गर्नेछ।
“आज राति, जिल (फर्स्ट लेडी जिल बाइडेन) र म युक्रेनका बहादुर र गर्व गर्न लायक जनताका लागि प्रार्थना गरिरहेका छौं,” उहाँले थप्नुभयो।
राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेपछि बाइडेनको यो टिप्पणी आएको हो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology