• Sunday 26th of July 2026

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड १९ पोजेटिभ


  • गोकर्णेश्वर अनलाइन

१८ फागुन (रासस÷सिन्ह्वा) : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उहाँले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताउनुभएको हो ।उहाँले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology