• Sunday 26th of July 2026

चीनभित्रै थप २१४ कोरोना संक्रमित भेटिए


  • गोकर्णेश्वर अनलाइन

२३ फागुन (रासस÷सिन्ह्वा) : चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २१४ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका हेबेइ, ग्वांगोग र जिलिनमा ती संक्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढेको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology