• Monday 27th of July 2026

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीपर्वमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने क्रियाकलाप नगर्न सचेत गराएको हो । सुर्खेत लगायतका पहाडी जिल्लामा बिहीबार होली मनाइँदैछ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फागू पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

“होली (फागू पर्व) मा गर्न नपाइने क्रियाकलापबारे सचेत गराएका छौं,” उहाँले भन्नुभयो,“अटेर गरी कानुनले बन्देज गरेका गतिविधि भएको पाइएमा कारबाही गर्न बाध्य हुनेछौँ ।” प्रशासनले होली मनाउने क्रममा इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटोमा ढुकेर फोहर पानी, रासायनिक पदार्थ छ्याप्ने, बाटो अवरुद्ध हुने गरी सवारीसाधनबाट रकम असुल्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology