• Monday 27th of July 2026

बर्दियामा ब्राउन सुगरसहित तीन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो ।

पक्राउ पर्नेमा भारत बहराइच जिल्ला शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौँ महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसी रहेको उपरीक्षक शाहीले जानकारी दिनुभयो । तीनै जनालाई विहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology