• Sunday 26th of July 2026

कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम


  • गोकर्णेश्वर अनलाइन

९ चैत (रासस÷सिन्ह्वा) : कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो । हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो ।

यहाँ लगाइएका सिनोभ्याक र अर्काे एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो । साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो ।

कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology