• Monday 27th of July 2026

पर्सामा तीन लाख ३९ हजार मतदाता


  • गोकर्णेश्वर अनलाइन

पर्सा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त सङ्ख्याका मतदाता पुगेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा दुई लाख ८० हजार २१२ मतदाता भएकामा यसपटक ५९ हजार ६२४ मतदाता बढेका हुन् । सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ छन् । गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् ।सबैभन्दा कम मतदाता धोविनी गाउँपालिका छ । त्यहाँ केवल १२ हजार २३६ मतदाता छन् ।

यसैगरी तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३१३, पर्सागढी नगरपालिकामा २२ हजार ८०७ र पोखरिया नगरपालिकामा १९ हजार ६६४ मतदाता छन् । गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवापर्सौनी गाउँपालिकामा १९ हजार ७६३, छिपहरमाई गाउँपालिकामा १५ हजार ६६४, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६१, पकाहमैनपुर गाउँपालिकामा १२ हजार ३१४, विन्दवासिनी गाउँपालिकामा १४ हजार ८०४, कालिकामाई गाउँपालिकामा १२ हजार ९७५, जिराभवानी गाउँपालिकामा १३ हजार ९२९, ठोरी गाउँपालिकामा १४ हजार ७०८ र पटेर्वासुगौली गाउँपालिकामा १३ हजार ९२०मतदाता छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology