• Saturday 25th of July 2026

विद्यार्थीका लागि ‘जुनियर मेगा माइण्ड’ सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष : जुनियर मेगा माइण्ड’ तयार गरी सार्वजनिक गरेको छ ।

प्राज्ञिक र गैह्रप्राज्ञिक गरी कोडिङ तथा रोबोटिक्ससहितका उक्त सामग्री कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी उत्पादन गरिएको नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डीन डा डिल्लीराज शर्मा, त्रिविका अन्तर्राष्ट्रियसम्बन्ध विभागका कार्यकारी निर्देशक सहप्रा विनोद जोशी, त्रिविका सूचना प्रविधि इनोभेसन केन्द्रका निर्देशक प्रा डा सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेलगायतको उपस्थितिमा सो एप्स आज सार्वजनिक गरिएको हो ।

नीमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले सो जुनियर मेगामाइण्ड कार्यक्रमले स्टिमकोर्षलाई साना बालबालिकामा सानैदेखिको अवधारणामा काम गर्ने र पछि आफ्नो अभिरुचिको क्षेत्र पहिल्याएर अगाडि बढ्न सहज गराउने बताउनुभयो ।

दुरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डे अबको विश्वले सो कोर्ष लागू गरिसकेको र नेपालले पनि गर्नुको विकल्प नरहेको बताउनुभयो । फाउन्डेसनका प्राज्ञिक निर्देशक मोहन घिमिरेले चार वर्षअघि बजारको अध्ययन गरेर विषयगत विज्ञ लेखकको सहभागितामा सो सामग्री तयार गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology