• Monday 27th of July 2026

नेप्से परिसूचक आज पनि ओरालो


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७६ अङ्कले ओरालो लागेर ४४९.१२ मा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर रु एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ बराबरको कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३३ खर्ब ८३ अर्ब २१ करोड ८६ लाख ८० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन ३.१४ अङ्कले उकालो लागेको छ । बैंकिङ १२.९४, व्यापार ४०.७८, विकास बैंक ७१.५७, जलविद्युत् ५२.९२, वित्त ४५.०५, निर्जीवन बीमा २३५.१२, उत्पादन ९९.७, अन्य ४८, लघुवित्त ५१.३७, जीवन बीमा २१४.२३, सामूहिक लगानी ०.१९ र लगानी १.६२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ७५ एक हजार ५५० बराबरको कारोबार भयो । नबिल बैंक रु चार करोड ३४ लाख आठ हजार ४६३, शिवम् सिमेन्ट रु तीन करोड ८८ लाख ३० हजार ५६१, नेपाल पूर्वाधार बैंक रु तीन करोड ७० लाख ९३ हजार ४५५ र अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ४६ दुई हजार ४६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेस्डो समृद्धि लघुवित्त १०, एनआइसी एशिया सेलेक्ट फण्ड ३.५३, प्राइम बैंकको ऋणपत्र २, नेपाल इन्भेस्टमेन्ट बैंक २ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । यस्तै, इमर्जिङ नेपाल ६.५९, न्यादी हाइड्रोपावर ६.०७, घलेम्दी हाइड्रो ५.९०, राष्ट्र उत्थान लघुवित्त ५.३६ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology