• Sunday 26th of July 2026

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी


  • गोकर्णेश्वर अनलाइन

रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा “दोब्बर भन्दा बढी” सेना थप्ने पनि बताएको छ।
रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन्।
यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ।
बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ। युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतावनी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology