• Sunday 26th of July 2026

भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

७ बैशाख (रासस÷एएनआई) : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् ।

संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन भन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको उल्लेख थियो । भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म कुल चार करोड २५ लाख १३ हजार २४८ जना सङ्क्रमणमुक्त भएका छन् ।त्यसैगरी कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology