• Monday 27th of July 2026

नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो लागेर दुई हजार ४२०.९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७.७४ अङ्कले उकालो लागेर ४६०.८८ मा पुगेको छ ।

नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२.१२, व्यापार २२.७९, होटल तथा पर्यटन ८४.९३, विकास बैंक २६२.३७, जलविद्युत् १८९.१७, वित्त १४३.६७, निर्जीवन बीमा ४३४.३७, उत्पादन १५६.४६, अन्य ८८.७६, लघुवित्त १७९.४२, जीवन बीमा ४२३.३७, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.३३ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५६६ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट रु ११ करोड ७६ लाख २२ हजार ७३३, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड १२ लाख २० हजार १५७, हिमालयन डिस्टिलरी रु आठ करोड ४१ लाख १७ हजार ९३८ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख २९ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

शेयरमा सर्किट

लामो समयपछि एक दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको मूल्य बढेपछि सकारात्मक सर्किट लागेको छ । नेप्सेमा अनुसार नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९.८९, नेष्डो समृद्धि लघुवित्त २.८५, लक्ष्मी बैंकको ऋणपत्र २ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology