• Sunday 26th of July 2026

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी


  • गोकर्णेश्वर अनलाइन

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्।
लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ। उनले भने: “सद्भावनाको सीमा हुन्छ। तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन।
टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले कीभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन्। तर उनले जेलेन्स्कीले भने शान्ति वार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्।
लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिएका छन्।
“खतरा गम्भीर छ, यो वास्तविक हो ।” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology