• Saturday 25th of July 2026

भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोनाका नयाँ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

२३ वैशाख (रासस÷सिन्ह्वा) : भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ३६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६८८ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

चौविस घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म तीन हजार ५४९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology