• Saturday 25th of July 2026

एक दिनमा दुई हजार २५९ कोरोना सङ्कङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

भारत २४ घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म दुई हजार २२६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ३६ हजार ३७१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइताबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ६५ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ४१३ पुगेको छ । यस समयमा भारतमा ४१ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १४ हजार ९५५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म दुई हजार २०२ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९७ हजार ३ जनालाई कोरोना सङ्क्रमण निको भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology