• Monday 27th of July 2026

नेपाल विद्युत् प्राधिकरणले प्रिमियममा शेयर निष्काशन गर्ने


  • गोकर्णेश्वर अनलाइन

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ ।

अर्थमन्त्री शर्माले शेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताउनुभयो । शेयर जारी गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्रधिकरणको क्रेडिट रेटिङ यसअघि नै सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology