• Monday 27th of July 2026

‘चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गरिने’


  • गोकर्णेश्वर अनलाइन

विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरियो ।

चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ चन्द्रागिरिको थप पर्यटन प्रवद्र्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने छ ।”

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस आज मनाइँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology