• Monday 27th of July 2026

कटुवा पेस्तोलसहित एक जना पक्राउ


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका श्रृष्टि चोकबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–४ स्थित श्रृष्टि चोकबाट भरतपुरकै वडा नम्बर ६ बस्ने ४० वर्षीय दीपक पुनमगरलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।

रामपुरबाट चौबिसकोठीतर्फ आउँदै गरेको ना४५प २७१ नम्बरको पल्सर मोटरसाइकल जाँच गर्दा आज मगरको साथमा पेस्तोल फेला परेको हो । कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार पक्राउ परेका मगरलाई हातहतियार तथा खरखजना कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology