• Saturday 25th of July 2026

बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघ्यो


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघेको छ।
युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा एक र वेल्समा एक जना थप सङ्क्रमित सहित बेलायतमा मङ्गलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५२४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।
“नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्क्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो सङ्क्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ।
लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका सङ्क्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।
“यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । सङ्क्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ,” हेम्यानले भने।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology