• Sunday 26th of July 2026

नेप्से परिसूचक पुनःओरालो यात्रामा


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा एक दिन पनि कायम रहन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८५ अङ्कले ओरालो लागेर एक हजार ९३३.१३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०२ अङ्कले ओरालो लागेर ३७५.८२ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर रु दुई अर्ब चार करोड ४८ लाख ३१ हजार ९४८ बराबर मूल्यमा कारोबार भयो ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ५६ अर्ब १५ करोड ६२ लाख ८० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जीवन बीमा ११३.९६ र लगानी ०.६४ अङ्कले उकालो लागेको छ । बैंकिङ १२.३८, ब्यापार ३४.६१, होटल तथा पर्यटन ७०.७८, विकास बैंक ११७.५५, जलविद्युत् ६०.३३, वित्त ३०.८६, निर्जीवन बीमा ९७.८३, उत्पादन ४१.३२, अन्य ३७.९२, लघुवित्त ६७.२२ र सामूहिक लगानी कोष ०.१९ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६५ लाख ८८ हजार २७४ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड सात लाख ४४ हजार २६१, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु आठ करोड दुई लाख ९६ हजार ३२५, नबिल बैंक रु सात करोड १४ लाख १२ हजार २४२ र एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ८७ लाख १५ हजार ६५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी हाइड्रोपावर ९.९६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९.१५, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.०७ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ४.८६ प्रतिशतले कमाएका छन् ।

उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । प्राइम बैंकको ऋणपत्र ७.९७, तेह्रथुम पावर कम्पनी ७.२२, प्रुडेन्सियल इन्स्योरेन्स ६.२४ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology