• Saturday 25th of July 2026

दक्षिण कोरियामा कोभिड-१९ का ९,५९५ नयाँ सङ्क्रमित फेला


  • गोकर्णेश्वर अनलाइन

दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १०,४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७, ४९३ भन्दा बढी थियो।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।
थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४,५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology