• Sunday 26th of July 2026

चट्याङ लागेर बालकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology