• Sunday 26th of July 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०९ अङ्कले उकालो लागेर ३६८.९५ मा पुगेको छ ।

कूल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर रु एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ बराबर मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ४८ अर्ब ८० करोड ३६ लाख ५० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । बैंकिङ ४.४४, व्यापार २६.०९, होटल तथा पर्यटन ४१.३८, विकास बैंक २६.३५, जलविद्युत् ३०.१५, वित्त २०.१४, निर्जीवन बीमा ७४.४७, उत्पादन ६५.८९, अन्य ३.०७, लघुवित्त १६.०९, जीवन बीमा ११.१३, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५७ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ९५ लाख ८० हजार बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु सात करोड ६० लाख ४० हजार ४९५, शिवम् सिमेन्ट रु सात करोड ४० लाख १७ हजार ५३५, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर रु पाँच करोड ९३ लाख ६४ हजार ६८६ र हिमालयन डिस्टिलरी रु पाँच करोड १३ लाख ६७ हजार ५८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक ९.३५, एनआरएन इन्फास्ट्रक्चर ८.२२, युनाइटेड इन्स्योरेन्स ६.९६, सनराइज फस्ट म्चुअल फण्ड ६.२७ र अरुण काबेली पावरका लगानीकर्ताले ५.८५ प्रतिशतले कमाए । त्यस्तै,नयाँ सारथी लघुवित्त ४.६५, आरबीबी म्युचुअल फण्ड ३.५७, नबिल इक्विटी फण्ड ३.३९, प्रभु लाइफ इन्स्योरेन्स ३.२० र मानुषी लघुवित्तका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology