• Saturday 25th of July 2026

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ ।

सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology