• Sunday 26th of July 2026

अबैधरुपले ल्याइएको चिनी बरामत


  • गोकर्णेश्वर अनलाइन

पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो ।

रु १८ लाख ६९ हजार बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । चिनीसहितको ट्रक र त्यसका चालकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology