• Saturday 25th of July 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय १२ दशमलव ७४ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव ३९ अङ्कले ओरालो लागेर तीन सय ७२ दशमलव ३४ अङ्कमा सीमित भएको छ । कूल दुई सय २५ कम्पनीका २६ लाख १३ हजार पाँच सय ४० कित्ता शेयर रु ८३ करोड १६ लाख तीन हजार छ सय ५१ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा सामान्य वृद्धि भएको छ । सो उपसमूह शून्य दशमलव शून्य दुई अङ्कले उकालो लागेको छ । बैंकिङ पाँच दशमलव १७, व्यापार सात दशमलव ५१, होटल तथा पर्यटन छ दशमलव ६३, विकास बैंक १४ दशमलव २८, जलविद्युत् ३० दशमलव ६६, वित्त १७ दशमलव ४८, निर्जीवन बीमा ४६ दशमलव ८८, उत्पादन २३ दशमलव ८१, लघुवित्त ३० दशमलव २६, जीवन बीमा ५२ दशमलव ५५ र लगानी शून्य दशमलव ४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४३ अर्ब ६२ करोड १५ लाख ९२ हजार चार सय २४ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड सात लाख ५४ हजार सात सय ६३ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु दुई करोड ७९ लाख ५८ हजार, हिमालयन डिस्टिलरी रु दुई करोड ५६ लाख ७१ हजार चार सय ६३, अपि पावर कम्पनी रु दर्ई करोड २७ लाख ७९ हजार दुई सय ७७, नेपाल पुनरबीमा कम्पनी रु दुई करोड पाँच लाख ७५ हजार दुई सय ८३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर चार दशमलव १७, सनराइज बैंकको ऋणपत्र दुई, बोटलर्स नेपाल तराई नेपाल एक दशमलव ९८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ९८ र आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र नौ दशमलव ५८, सामुदायिक लघुवित्त पाँच दशमलव ८७, अप्पर हेवाखोला हाइड्रोपावर चार दशमलव १५, दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १४ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले तीन दशमलव ७५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology