• Saturday 25th of July 2026

नेप्सेमा झिनो अङ्कको सुधार


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव १४ मा पुगेको छ । कुल दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर रु ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । अरु सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार सात सय ८९ बराबर कायम भएको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा छ । सो बैंकको रु तीन करोड ४० लाख ३५ हजार दुई सय बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २७ लाख २६ हजार एक सय ६५, शिवम् सिमेन्ट रु दुई करोड ९१ लाख १७ हजार एक सय नौ, रिडीपावर कम्पनी रु दुई करोड ८३ लाख ६६ हजार आठ सय ६३ र हिमालयन डिस्टिलरी रु दुई करोड ८२ लाख ३६ हजार तीन सय छ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भइ सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना आठ दशमलव १४, सामुदायिक लघुवित्त पाँच दशमलव १६, शिवम् सिमेन्ट तीन दशमलव १७ र सबैको लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो चार दशमलव ४५, एभरेष्ट बैंक तीन दशमलव ८३, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र तीन दशमलव ४७, ग्लोबल आइएमई समुन्नत कोष पहिलो तीन दशमलव ४६ र गणपति लघुवित्तका लगानीकर्ताले तीन दशमलव १९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology