• Wednesday 9th of September 2026

अन्योलमा नपरी तिहार मनाउन तलेजुको आग्रह


  • गोकर्णेश्वर अनलाइन

यस वर्षको तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल रहेको अवस्थामा भक्तपुर तलेजुले कात्तिक ७ देखि तीन दिन तिहार मनाउन आग्रह गरेको छ ।

तिहारका बारेमा जनमानसमा अन्योल र भ्रम पैदा भएको भन्दै आज तलेजुका मूल गुरु, पुजारीसहितले तिहारको शुभसाइत निक्र्यौल गर्दै कात्तिक ७, ८ र ९ गते तिहार मनाउन आग्रह गरेको हो ।
भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले भन्नुभयो, “तिहार कहिले मनाउने भन्नेबारेमा विवाद रहेको पाइयो, त्यसैले तलेजुले साइत निकालेको छ, अब विवाद गर्नु पर्दैन, कात्तिक ७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा अर्थात् भाइटिका गर्ने तलेजुले निर्णय गरेको छ, सोही अनुसार गर्नुहुन सबैमा आग्रह गर्दछौँ ।”

यस वर्ष कसैले ८, ९ र १० गते तिहार मनाउने र कसैले ७, ८, ९ र १० गते तिहार मनाउने भन्दै विवाद भएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले क्यालेन्डर बनाउँदा सरोकारवाला निकायसँग छलफल नगरी निर्णय गर्दा केही वर्षयता यस्ता विवाद आइरहेको भन्दै जोशीले भन्नुभयो, “पञ्चाङ्ग निर्णायक समितिले चाडपर्व ,संस्कृतिको निर्णय गर्दा सरोकारवालालाई पनि राखेर निर्णय गर्न छाडेको छ, त्यसैले केही वर्षयता यस्ता समस्या आएका छन्, यसतर्फ समितिले ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology