• Saturday 25th of July 2026

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ ।

हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिनुभयो ।

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आङ्तक मच्चाउने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology