• Saturday 25th of July 2026

विगतभन्दा फरक छैन यस वर्षको महानगर दिवस


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले विगतकै वर्षमा गरिएको कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

कामपाले यस वर्ष पनि वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, कला प्रवद्र्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृतिम अभ्यास कार्यक्रलाई पनि समेट्ने प्रयास गरेको छ ।

दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २९ गते उद्घाटन गरिने भएको छ । विसं २०५२ मा मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै काठमाडौँलाई महानगरका रुपमा विकास गरिँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology