• Saturday 25th of July 2026

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण


  • गोकर्णेश्वर अनलाइन

चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

साथै यहाँ मङ्गलबार मात्र एक हजार नौ सय जना सङ्क्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्र्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ । सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीय स्तरमा नै कोरोना सङ्क्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology