• Saturday 25th of July 2026

जापानमा तीन महिनामा चार मन्त्री फेरबदल


  • गोकर्णेश्वर अनलाइन

जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ ।

आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माणमन्त्री केन्या अकिबाले पत्रकारहरूसँग भन्नुभयो, “मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन ।”

उहाँले भन्नुभयो, “तर बजेट र अन्य विधायिकी कार्यसूचीको काम कारबाही रोकियोस् भन्ने मेरो चाहना नरहेकोले पदबाट राजिनामा दिएको छु ।”

किशिदाले आफ्नो कार्यकालको सबैभन्दा कम अनुमोदन रेटिङको सामना गरिरहेका बेला उहाँको मन्त्रीमण्डलका चौथो व्यक्तिको राजीनामा आएको हो ।

सांसदहरू र एकिकृत चर्च सम्प्रदायबीचको सम्बन्धको बारेमा एकपछि अर्को घोटाला र खुलासापछि नागरिकको क्याबिनेटबाट बढ्दो रूपमा मोहभङ्ग भएको हो ।

गत महिना आन्तरिक मामिला मन्त्रीले चुनावी अभियानको आर्थिक अनियमितताको आरोपमा राजीनामा दिनुभएको थियो ।

उहाँको ‘लो प्रोफाइल’ कामले मृत्युदण्डको सजाय स्वीकृत गर्दा सञ्चारमाध्यममा कभरेज मात्र सिर्जना गरेको भन्दै न्यायमन्त्रीले राजीनामा दिनुभएको थियो ।

अक्टोबरमा, आर्थिक पुनरुत्थानमामिला मन्त्रीले एकिकृत चर्चसँग सम्बन्ध रहेको आरोपपछि राजीनामा दिनुभएको थियो ।

पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको आरोप लागेका व्यक्तिले आफ्नी आमाले प्रधानमन्त्री पूर्व प्रधानमन्त्री आबेसमेतको सम्लग्नता रहेको चर्चले आफ्नो परिवारलाई आर्थिकरूपमा निकै कमजोर बनाएको भन्दै सङ्गठनप्रति आक्रोश व्यक्त गरेको समाचार सार्वजनिक भएपछि यो सम्प्रदाय चर्चामा आएको थियो ।

आधिकारिक रूपमा विश्व शान्ति र एकीकरणका लागि पारिवारिक महासङ्घको रूपमा चिनिने चर्चले कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ ।

किशिदाको क्याबिनेटको अनुमोदन रेटिंग ३० प्रतिशतको तथाकथित ‘खतराको स्तर’ को नजिक रहेको छ, र जनवरीमा संसदको अर्को सत्र सुरु हुनुअघि उहाँले आफ्नो मन्त्रीमण्डल पुनर्गठन गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology