• Saturday 25th of July 2026

नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास


  • गोकर्णेश्वर अनलाइन

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ ।

महासङ्घले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज विज्ञप्तिमार्फत ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको गठनसँगै मुलुकको आर्थिक विकासले गति लिने र देशमा रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “निजी क्षेत्रले भोग्नुपरेका समस्या नयाँ सरकारले निराकरण गरी व्यवसायीमैत्री वातावरण बनाउने विश्वास महासङ्घले लिएको छ”, उहाँले भन्नुभयो ।

महासङ्घले राजनीतिक स्थायित्वका लागि सरकारमा आबद्ध साथै प्रतिपक्षमा रहने राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्र निर्माण गर्न सरकार सफल रहोस् भन्ने कामनासमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology