• Friday 24th of July 2026

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग


  • गोकर्णेश्वर अनलाइन

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएका बताइएको छ ।

खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै अन्य समस्यामा परेका बताइएको छ । यहाँका कम्तीमा पनि चार लाख २३ हजार जना नागरिक यसरी प्रभावित भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो क्षेत्रमा विभिन्न समस्यामा परेका नागरिकको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट हालका लागि ७० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिएको बताउनुभएको हो ।

साथै यस वर्षमात्र सो क्षेत्रमा ६० लाख भन्दा पनि बढी मानिस प्रभावित हुने भएकाले उनीहरुका लागि ठूलो रकम आवश्यक पर्ने पनि बताउनुभयो । मालीमा लामो समयदेखि द्वन्द्व जारी रहेको छ । यसका कारण यहाँका दशौँ लाख नागरिक प्रभावित भएका छन् । उनीहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले समयसमयमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology