• Saturday 25th of July 2026

दोहोरो अङ्कले बढ्यो नेप्से


  • गोकर्णेश्वर अनलाइन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैकिङ समूह सात दशमलव ४६, वित्त समूह शून्य दशमलव २५ र अन्य समूह २३ दशमलव ९५ अङ्कले घटेको छ । सबैभन्दा वृद्धि देखिनेमा जीवन बीमा समूहको उपसूचक दुई सय ६६ दशमलव १६ र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८८ दशमलव २९ अङ्कले बढेको छ ।

त्यस्तै, विकास बैंक २८ दशमलव २४, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ०२, जलविद्युत् समूह ३६ दशमलव ५६, लगानी समूह शून्य दशमलव १६ र उत्पादन समूह ४० दशमलव ९५ अङ्कले बढेको छ । लघुवित्त समूहको उपसूचक ४७ दशमलव ९३, म्युचुअल फन्ड शून्य दशमलव १८ र व्यापार समूह १९ दशमलव १३ अङ्कले बढेको पनि नेप्सेले जनाएको छ ।

आज सानिमा जनरल इन्स््योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बढी गुमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड–१, जानकी फाइनान्स कम्पनी लिमिटेड र पिपुल्प हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् । आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड १४ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology