• Monday 27th of July 2026

पाकिस्तान-इरान सीमामा आवागमन पुनःशुरु


  • गोकर्णेश्वर अनलाइन

पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्।
प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिँदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरु गरेको छ।
गत जुन २९ देखि पाकिस्तानमा कोभिड १९ को बढ्दो सङ्क्रमणका कारण देखाउँदै इरानी अधिकारीहरूले पाकिस्तानीहरूलाई इरान प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए। द एक्सप्रेस ट्रिब्यूनको समाचार अनुसार यस बीचमा पनि द्विदेशीय पारवहान र व्यापार भने नियमित नै रहेको थियो। यस अवधिमा इरानी नागरिकहरूलाई पाकिस्तान आउँन भने कुनै बन्देज लगाइएको थिएन। तर पाकिस्तानीहरूलाई इरान प्रवेशमा भने रोक लगाइएको थियो र अहिले पनि थुप्रै पाकिस्तानी नागरिकहरू तीर्थयात्रा र अन्य भ्रमणका निम्ति इरान भ्रमणको अनुमतिको पर्खाइमा छन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology