• Wednesday 29th of July 2026

हात्तीको आक्रमणबाट मृत्यु


  • गोकर्णेश्वर अनलाइन

गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology