• Wednesday 29th of July 2026

तीन किलो यार्सागुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट तीन किलो यार्सागुम्बासहित पक्राउ गरेको थियो । गोप्य सूचनाका अधारमा जिप्रकाबाट गएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology