• Saturday 25th of July 2026

गरिब र जेहेन्दारको पढ्ने रहर पूरा गर्दै सामाजिक सङ्घसंस्था


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, ११ कात्तिक (रासस) : महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा गरिब परिवारका जेहेन्दार विद्यार्थीलाई पढाई खर्च जुटाउन सामाजिक सङ्घसंस्थाले पहल गर्दै आएका छन् । बर्दिबास नगर क्षेत्रका स्थायी विद्यार्थीले स्थानीय विद्यालय÷क्याम्पसमा पढ्न चाहेमा सामाजिक सङ्घसंस्थाले छात्रवृत्ति उपलव्ध गराउन थालेका हुन् । दसैँ, तिहार र छठपर्वका अवसरमा पद्मशम्शेर प्रतिष्ठान,बर्दिबास–१ र बर्दिबास हेल्प फाउण्डेशनले उपलब्ध गराएको छात्रवृत्ति गरिब र जेहेन्दार छात्रछात्रालाई वरदान साबित भएको छ ।

नगर क्षेत्रमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रसारमा लागेको प्रतिष्ठानले गत वर्षदेखि नै गरिबीका कारण खर्च जुटाउन नसक्ने विद्यार्थीलाई सघाउँदै आएको छ । नगरभित्रका प्राविधिक तथा व्यावसायिक विषयको अध्ययन र अभ्यास हुने विद्यालयमा तीनवर्षे स्नातक तहका लागि लाग्ने खर्च प्रतिष्ठानले व्यहोर्दै आएको छ । गत वर्ष सिभिल इञ्जीनियरिङ, बाली विज्ञान, पशु विज्ञान, नापी, अटोमोबाइल, फुड एण्ड डेरी, कम्प्युटर विज्ञान, होटल मेनेजमेन्टमा अध्ययन गर्ने ११ विद्यार्थी छात्रवृत्ति पाउनेमा छनोट भएकामा यसपालि छ जना मात्र छन् ।

सीप प्रवद्र्धन गर्दै दक्ष जनशक्ति तयार पार्न प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रसारको आवश्यकता महसुस गरी यस्ता विषयको पठनपाठन र अभ्यासलाई सहयोग पु¥याउन छात्रवृत्ति दिन थालिएको प्रतिष्ठानले जनाएको छ । “पढ्ने सङ्कल्प र लगनचाहिँ सम्बन्धित विद्यार्थीमा हुनुपर्छ, पैसा नभएर पढ्न पाइएन भन्ने स्थिति अब रहन्न”, प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का भन्नुहुन्छ, “वर्षेनी १५ सम्म छात्रछात्रालाई लाग्ने शुल्क पूरै व्यहोर्ने गरी छात्रवृत्ति उपलव्ध गराउने हाम्रो योजना छ ।” प्रतिष्ठानले वर्षेनी १५ जनासम्मलाई छात्रवृत्ति उपलव्ध गराउने भएपनि तोकिएको मापदण्डभन्दा कम सङ्ख्याका विद्यार्थीले आवेदन गरेकाले गतवर्ष ११ र यसपालि छजना मात्र पुगेको उहाँको भनाइ छ ।

विगतमा अर्थाभावकै कारण आफ्नो पढ्ने इच्छा पूरा नभएको सम्झना गर्दै अहिले केही सामाजिक काम गर्नसक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालिएकोे अध्यक्ष खड्का बताउनुहुन्छ । “मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन अघि बढाउन सकिनँ”, उहाँ भन्नुहुन्छ, “अहिले मिहेनतले केही खर्च गर्नसक्ने भएको छु, त्यसैले स्व पितामाताको नाममा प्रतिष्ठान स्थापना गरेर छात्रवृत्ति कोषमार्फत शैक्षिक सुधारको काम थालेको हुँ ।” गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाइमा सहयोग पु¥याउन पाउँदा आपूm सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोष र आनन्द लाग्ने गरेको खड्काको भनाइ छ ।

यसैगरी बर्दिबास नगर क्षेत्रलाई आधार बनाएको फाउण्डेशनले यसैपालिदेखि गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन थालेको छ । आफ्नो क्षेत्रका सामुदायिक विद्यालय, कलेज र प्राविधिक शिक्षालयमा जुनसुकै विषय अध्ययन गर्न फाउण्डेशनले लाग्ने शुल्क छात्रवृत्तिवापत उपलब्ध गराउने निर्णय गरेको हो । यसपालि २७ छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष प्रल्हाद क्षेत्रीले जानकारी दिनुभयो ।

बर्दिबास–२ स्थित पुरानो जनता माध्यमिक सामुदायिक विद्यालयबाट विसं २०४९ मा एसएलसी दिएका पूर्वविद्यार्थीले सामाजिक काममा सङ्गठित प्रयत्न अघि बढाउन गत वैशाखमा उक्त फाउण्डेशन गठन गरेका थिए । स्थापनालगत्तै कोरोना त्रासबीच सडकयात्रीलाई भोजन, स्वास्थ्य सामग्री सङ्कलन र वितरण गरेको फाउण्डेशनले पछिल्लोपटक शिक्षाक्षेत्रमा सहयोग पु-याउन छात्रवृत्ति दिन थालेको हो ।

दुबै संस्थाले आपूmले उपलव्ध गराउने छात्रवृत्तिको मापदण्ड गरिब र जेहेन्दार विद्यार्थीलाई बनाएका छन् । यो छात्रवृत्ति छनौट र वितरण बर्दिबास नगर कार्यपालिकाको कार्यालयस्थित नगर शिक्षा समिति र नगर शिक्षा शाखाको प्रत्यक्ष समन्वयमा गरिएको छ । यसले शैक्षिक व्यवस्थापन र शिक्षाको प्रसारमा सहयोग पु¥याउनाका साथै गरिबीकै कारण पढ्न नसक्ने अवस्था अन्त्य गर्न मद्दत मिलेको नगर शिक्षा शाखाका प्रमुख गणेशप्रसाद दाहाल बताउनुहुन्छ ।

बर्दिबास नगर क्षेत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृति र आवद्धतामा सातवटा माध्यमिक विद्यालयले विभिन्न विषयको तीनवर्षे (स्नातक तह) को पठनपाठन र अभ्यास गराउँदै आएका छन् । यसबाहेक बर्दिबास–११ ख्यरमारा सुन्दर बस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालय सञ्चालित छ । त्यसैगरि बर्दिबास–१४ मा बर्दिबास जनता क्याम्पस र बर्दिबास–६ मा कृषि विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालित छ । बर्दिबासमा बर्दिबास मेडिकल कलेज निर्माणका लागि पूर्वाधार तयार भएर काम अघि बढेको छ । नगर क्षेत्रमा विभिन्न तहका गरी ५५ सामुदायिक विद्यालय छन् । यी सबैको कुशल व्यवस्थापन गरेर नगरलाई मुलुककै शैक्षिक हव (गन्तव्य) बनाउने सपना र सङ्कल्प साँचिएको नगरप्रमुख विदुरकुमार कार्कीको भनाइ छ ।

छात्रवृत्ति पाएकाले अब आपूmहरुको पढाइ नरोकिने विद्यार्थीले आश गरेका छन् । दशैं , तिहार र छठ पर्वमा पाएको छात्रवृत्तिले सबैभन्दा मूल्यवान उपहार पाएको अनुभूति भइरहेको छात्रछात्राको भनाइ छ । “मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन”, बर्दिबास–१२ जुडीटोलको दलित बस्तीका पप्पु दास तत्माले पद्मशम्शेर प्रतिष्ठानबाट छात्रवृत्तिवापतको रकम ग्रहण गर्दै गत दसैँताका भन्नुभएको थियो, “मेरा लागि छात्रवृत्ति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो नापीविज्ञ बन्नेछु ।” अत्यन्त गरिब परिवारका उहाँले बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयमा नापी विषयको डिप्लोमा तह अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाउनुभएको थियो ।

पिता श्री दास परिवारको भरणपोषणका लागि वैदेशिक रोजगारीमा अरब जानुभएको र घरमा आमासहित चार दिदीभाइ रहेकाले आपूmहरुका लागि अर्थाभावले उच्च शिक्षा पढ्न सक्ने स्थिति नरहेकोे दासको भनाइ छ । “मैले पढ्ने रहरले छात्रवृत्तिका लागि आवेदन त भरेँ”, उहाँ भन्नुहुन्छ, “आपूmजस्ता गरिबले पढ्न पाउने कुरामा आशै थिएन, तर मैले सिटिइभिटी र प्रतिष्ठान दुवै ठाउँबाट अवसर पाएँ ।” मुख्य पक्ष अध्ययनका लागि लाग्ने पूरै शुल्क प्रतिष्ठानले व्यहोरिदिने भएपछि दास अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले दङ्ग पर्नुभएको छ । दासजस्तै प्रतिष्ठान र फाउण्डेशनबाट छात्रवृत्ति पाउने छात्रछात्राले यो आपूmहरुका लागि खास अवसर भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology