• Monday 27th of July 2026

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो ।

कूल २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । यस्तै, व्यापार ४२.८४, विकास बैंक ४२.४९, जलविद्यसत् ७४.१९, वित्त ४३.८५, निर्जीवन बीमा ५४.५९, उत्पादन १२०.५६, अन्य २६.४२, लघुवित्त ९१.३२, जीवन बीमा ११५.७५ र सामूहकि लगानी कोष ०.१२ अङ्कले घटेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३६ करोड ५८ लाख ७१ हजार २५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो ।

यस्तै आरएमडिसी लघुवित्त रु ३६ करोड ५६ लाख ५८ हजार ६०७, नबिल बैंक रु ३४ करोड ९९ हजार ४८०, कामना सेवा विकास बैंक रु २५ करोड १४ लाख ४४ हजार ९२२ र अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु २१ करोड ३० लाख २४ हजार ३९८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार मानुसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ९.९८, पाँचथर पावर कम्पनी ९.९८, हिमालयन जनरल इन्स्योरेन्स ८.०८ र सिभिल बैंकका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए ।

यस्तै, कामना सेवा विकास बैंक ६.७२, हिमालयन पावर पार्टनर ५.५३, ग्रीनलाइफ हाइड्रोपावर ५.४६, रिडी हाइड्रोपावर ५.२५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६५ अर्ब ३२ करोड ४७ लाख चार हजार ७१४ बराबर पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology