• Monday 27th of July 2026

कपन ह्यान्डबल ग्राउन्डसंगै रहेको उपभोक्ता मार्ट कार्तिक १८ बाट संचालनमा आउने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । बुढानिलकण्ठ उपभोक्ता सहकारी संस्थाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा कपन बहुमुखी क्याम्पसको भुई तल्लामा उपभोक्ता मार्ट संचालनमा ल्याउने भएको छ । आफ्ना सेयर सदश्यलाई लक्षित गरेर उपभोक्ता मार्ट कार्तिक १८ बाट संचालनमा ल्याउन लागेको बुढानिलकण्ठ उपभोक्ता सहकारीका अध्यक्ष निरन्जन नेपालले बताए । उपभोक्ताहरुलाई दैनिक उपभोग्य बस्तु,मदिरा,ग्याँस लगाएतका सामाग्री सुपथ मुल्यमा उपलब्ध गराउने तयारी रहेको नेपालले बताए । उत्घाटनको अवसर पारेर एक महिनासम्म ५ प्रतिशत छुट दिने सचिव पुरुषोत्तम नेपालले बताए । एक करोड माथीको लगानीमा मार्ट संचालनमा आउन लागेको हो ।

Open photo

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology